बेन्चबाट छिरेर डिबालाले जिताए युभेन्टसलाई

काठमाडौं, कात्तिक २५
सब्सिच्युट खेलाडी पाउलो डिबालाको एक मात्रै गोलमा युभेन्टसले घरेलु लिग सिरी ‘ए’ फुटबलमा साँघुरो जित निकालेको छ । गत राति भएको लिगको १२औं खेलमा युभेन्टसले पाहुनाट एसी मिलानलाई १–० ले हरायो ।

घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । ५५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान छिरेका उनले खेलको ७७औं मिनेटमा गोल गरेका थिए । उनले बक्सभित्र गोन्जालो हिगुइनको असिस्टमा निकै राम्रो गोल गरेका थिए । अन्ततः युभेन्टसलाई जिताउन सोही गोल नै निर्णायक बन्यो । र, खेल युभेन्टसले १–० ले जित्यो ।

अब यो जितसँगै युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा ३१ अंक भएको इन्टर मिलान छ । यता, पराजित मिलान १३ अंकसहित १४औं स्थानमा छ ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार ०८:१२
Loading...