कोर्टुवा शानदार लयमा फर्किए : तोडे नाभासको रेकर्ड

एजेन्सी, कात्तिक २४
स्पेनिस रियल मड्रिडका पहिलो रोजाइका गोलकिपर थिबाउट कोर्टुवा केही साताअघिसम्म चर्को आलोचनाको घेरामा थिए । सम्भवतः उनी युरोपियन फुटबलमा सबैभन्दा खराब अवस्थामा थिए । इंग्लिस क्लब चेल्सी छाडेर गत समरमा रियल आएबाटै बेल्जियमका गोलकिपरले सुरुआती तीन महिना निकै निराशाजनक प्रदर्शन गरे ।

उनको रेकर्ड यति खराब थियो कि, उनी युरोपका लिगका सबैभन्दा कम खेलमा सबैभन्दा बढी गोल खाने गोलकिपर थिए । सानादेखि ठूला खेलसम्म पनि कोर्टुवाले खराब प्रदर्शन गर्दा उनको चर्को आलोचना भयो ।

तर, कोर्टुवा पछिल्लो समय शानदार लयमा फर्किएका छन् । उनले रियलका लागि खेलेका पछिल्ला ५ खेलमा लगातार ‘क्लिन सिट’ राखेका छन्, जुन युरोपका टप–५ लिगमा पछिल्ला पाँच खेलमा शतप्रतिशत क्लिन सिट हो । यस्तो रेकर्ड अन्य कुनै पनि गोलकिपरको नाममा छैन ।

कोर्टुवाले क्लिन सिट राखेका छिल्ला पाँच खेल :

  • गालातासरे ० – १ रियल मड्रिड
  • रियल मड्रिड ५ – ० लेगानेस
  • रियल मड्रिड ० – ० रियल बेटिस
  • गालातासरे ० – ६ रियल मड्रिड
  • इबार भर्सेस ०– ४ रियल मड्रिड

तोडे नाभासको कीर्तिमान :

कार्टुवाले रियलका पूर्वगोलकिपर केलर नाभासले रियलका लागि राखेको सर्वाधिक धेरै मिनेटको क्लिन सिटको रेकर्ड भंग गरेका छन् । नाभासले अघिल्लो सिजन रियलका लागि सर्वाधिक धेरै ५१७ मिनेटसम्म १ गोल पनि नखाई रेकर्ड बनाएका थिए ।

तर, नाभासले रियलका लागि पछिल्ला पाँच खेलमा क्लिन सिट राख्दै नाभासको सो रेकर्ड भंग गरेका हुन् । कोर्टुवाले रियलका लागि पछिल्लो ५३३ मिनेटसम्म १ गोल पनि खाई खेलिरहेका छन् ।

बेल्जियमको टोलीमा झन् शानदार रेकर्ड :

बेल्जियमको राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर कोर्टुवाका नाममा अन्तर्राष्ट्रिय खेलमा झन् राम्रो कीर्तिमान् छ । कोर्टुवाले अन्तर्राष्ट्रिय खेलमा पछिल्लो ७०४ मिनेटसम्म १ गोल पनि नखाई खेलिरहेका छन्, जुन युरोपियन फुटबलमा सर्वाधिक लामो समय क्लिन सिट हो ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार १९:५३
Loading...