सिरी ए : आज युभेन्टस र एसी मिलानको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक २४
इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज एक रोमाञ्चक खेल खेल्दैछ । जहाँ लिगको १२औं खेलमा युभेन्टस र एसी मिलानको रोमाञ्चक खेल हुनेछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट युभेन्टसको घरमा सुरु हुनेछ ।

हाल लिगमा युभेन्टस ११ खेलपछि २९ अंकका साथ दोस्रो स्थानमा छ भने मिलान १३ अंकसहित १३औं स्थानमा छ । युभेन्टस अहिले एक खेल बढी खेलेको इन्टर मिलानभन्दा २ अंकले अघि रहेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

युभेन्टस आज मिलानलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा स्पष्ट जित निकालेर लिगको शीर्ष स्थानमा फर्किने दाउमा छ । यो सिजन अपराजित रहेको युभेन्टस आजको खेलमा ३ अंक जोड्दै लिड लिडर बन्न चाहन्छ ।

आज युभेन्टसको टोलीमा अधिकांश स्टार खेलाडीहरू हुनेछन् । क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, डग्लस कोस्टासहितका खेलाडीले आज आक्रमण लाइन सम्हालने सभावना छ । आज गोल पोस्ट जियानलुइजी बुफोनले सम्हाल्ने सम्भावना छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार ११:४८
Loading...