प्रिमियर लिग : टोटनह्याम आफ्नै घरमा रोकियो

काठमाडौं, कात्तिक २३
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा टोटनह्याम पुनः बराबरीमा रोकिएको छ । लिगको १२औं खेलमा टोटनह्याम आफ्नै घरमा पाहुना टोली सेफ युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले पकड राखेर खेले पनि उसलाई गोलका लागि दोस्रो हाफसम्म संघर्ष गर्नु परेको थियो । टोटनह्यामका लागि खेलको ५८औं दक्षिण कोरियन खेलाडी हेङ मिन सनले गोल गरेका थिए ।

तर, उसको अग्रता धेरैबेर टिकेन । खेलको ७८औं मिनेटमा पाहुना टोली युनाइटेडका लागि जोर्गे बालडकले गोल गर्दै खेल १–१ बनाए । त्यसअघि खेलको ६२औं मिनेटमा पनि युनाइटेडले गोल हानेको थियो । तर, सो गोल भिएआरबाट रद्द भएपछि टोटनह्यामलाई राहत मिलेको थियो ।

खेल बराबरीमा आएपछि घरेलु टोली टोटनह्यामले विजयी गोलका लागि कडा संघर्ष देखायो । तर, उसका पटक–पटकका आक्रमण विफल हुँदा अन्ततः खेल १–१ मं टुंगियो ।

अब यो बराबरीपछि टोटनह्यामले १२ खेलबाट १४ अंक बनाएर लिगको १२औं स्थानमा छ । युनाइटेड समान खेलबाट १७ अंकसहित पाचौं स्थानमा छ ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार २२:५४
Loading...