टोनी क्रुसलाई ‘स्र्पोट्स आइकन’ अवार्ड

काठमाडौं, कात्तिक २१
जर्मनी तथा स्पेनिस रियल मड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसलाई ‘स्पोर्टस् आइकन’ अवार्ड प्रदान गरिएको छ । गत राति जर्मनीको बर्लिन सहरमा आयोजित एक कार्यक्रममा क्रुसलाई ‘जि क्यु स्पोर्टस् आइकन अफ् द इयर’ अवार्डबाट सम्मान गरिएको हो ।

सो अवार्ड हरेक वर्ष जर्मनीका प्रतिष्ठित खेलाडीलाई प्रदान गरिन्छ । यसपटक क्रुसलाई सो अवार्डबाट सम्मान गरिएको हो । अवार्ड ग्रहणपछि क्रुसले आफ्नो देशमा महत्त्वपूर्ण अवार्डबाट सम्मानित हुन पाउँदा खुसी भएको भनाइ राखेका थिए ।

ला लिगमा शनिबार रियलले लिगको १२औं खेलमा अवे मैदानमा एबारसँग खेल्दैछ । क्रुस एइबारविरुद्ध रियलको टोलीमा हुनेछन् । रियल हाल ११ खेलपछि २२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार १०:३५
Loading...