विश्वकप छनौट : नेपालमा हुने कुवेतविरुद्धको होम म्याच भुटानमा खेलाउन एन्फाको प्रस्ताव

काठमाडौं, कात्तिक २१
नेपाल हाल सन् २०२२ मा कतामा हुने विश्वकप छनौटअन्तर्गत जारी एसिन क्षेत्रको छनौटअन्तर्गत दोस्रो चरणका खेल खेल्दैछ । नेपालले छनौटअन्तर्गत आफ्ना अवे खेल खेलिसकेर अब होम म्याच खेल्दैछ । जसमा नेपालले मंसिर ३ गते नेपाल कुवेतसँग पहिलो होम म्याच खेल्दैछ ।

अघिल्लो महिना मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो खेल एन्फाले नेपालको एक मात्रै अन्तर्राष्ट्रिय दशरथ रंगशालामा खेलाउने घोषणा गरेको थियो, जुन रंगशाला लामो समयदेखि निमार्णाधीन अवस्थामा छ । अहिले पनि रंगशालाको निर्माण कार्य धमाधम चलिरहेको छ । कुवेतसँगको खेल आउन करिब दुई साता बाँकी छँदा यसअघि हुने भनिएको खेल नयाँ रंगशालमा नहुने भएको छ ।

यसको औपचारिक पुष्टि एन्फाले गरिसकेको छ । विश्वकप छनौट खेलाउन अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालामा तय भएको खेल नखेलाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार निर्माण गरिरहेकोमा समयमै काम नसकिने भएपछि कुवेतसँगको खेल नहुने भएको हो । त्यस्तै, मैदान तयार पार्ने जिम्मा लिएको एन्फाले पनि मैदानको काम नसक्ने पक्का भएपछि प्रतियोगिता नहुने भएको हो ।

एन्फाले निकाल्यो विज्ञप्ति

यसैबीच, एन्फाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा खेल नहुने पुष्टि गरेको छ । उसले भूकम्पबाट क्षति पुगेको रंगशाला पुनर्निर्माण समयमै नसकिने हुँदा सो खेल हुन नसक्ने उल्लेख गरेको छ । एन्फाले सो खेल भुटानस्थित चाङलिमिथाङ रंगशालामा खेलाउन एएफसीसँग प्रस्ताव पठाएको छ ।

आफ्नो घरमा कुवेतसँग खेल्ने तयारीमा रहेको नेपाल यसअघि अवे मैदानमा कुवेतसँग ७–० ले हारेको थियो । सो खेलपछि नेपालले चाइनिज ताईपेईलाई २–० ले हराउँदा त्यसपछि अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले स्तब्ध बनेको थियो ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार १९:५३
Loading...