‘ह्याट्रिक हिरो’ १८ वर्षीय रोड्रिगोले च्याम्पियन्स लिगमा रचे इतिहास

काठमाडौं, कात्तिक २१
स्पेनिस क्लब रियल मड्रिडका युवा स्टार रोड्रिगोले युरोपियन च्याम्पियन्स लिग फुटबलमा इतिहास रचेका छन् । १८ वर्षका ब्राजिलियन यी खेलाडी अब यस प्रतियोगितामा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडीको सूचीमा दर्ज भएका छन् ।

च्याम्पियन्स लिगा गत राति समूह चरणअन्तर्गत चौथो खेलमा रियलले आफ्नो घरमा गालातासरीविरुद्ध ६–० को फाराकिलो जित निकालेको थियो । सो खेलमा रोड्रिगोले रोमाञ्चक ह्याट्रिक गरेका थिए । उनले एक गोल राइट फुट, अर्को गोल लेफ्ट फुट र अर्को गोल हेडिङमार्फत् गरेका थिए ।

रोड्रिगोले सुरुआती खेलको ७ मिनेट सकिँदा ४ मिनेटको बीचमा २ गोल गरेका थिए । उनले खेलको चौथो र सातौंमा गरी २ गोल गरेका थिए भने इन्जुरी समयमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

रोड्रिगोले गरेका सुरुआती २ गोलमा ब्राजिलकै खेलाडी मार्सेलोले असिस्ट गरेका थिए भने अन्तिम गोलमा करिम बेन्जेमाले असिस्ट गरेका थिए । रोड्रिगोले च्याम्पियन्स लिगमा गोलको खाता खोलेकै दिन रोमाञ्चक ह्याट्रिक गरेका हुन् । यसअघि उनले एक खेल खेले पनि सो गोलमा गोल गरेका थिएनन् ।

गत रातिको ह्याट्रिकसँग रोड्रिगो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले आफ्नो उमेर ठीक १८ वर्ष ३०१ दिन पुग्दा युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा ह्याट्रिक गरेका हुन् ।

कसले कति उमेरमा गरे ह्याट्रिक ?

  • खेलाडी – राउल (रियल मड्रिड)
  • विरुद्ध – फेरेनभारोस – अक्टोबर १९९५
  • उमेर – १८ वर्ष १३३ दिन

 

  • खेलाडी – रोड्रिगो (रियल मड्रिड)
  • विरुद्ध – गालातासरी – नोभेम्बर २०१९
  • उमेर – १८ वर्ष ३०१ दिन

 

  • खेलाडी – वायने रुनी (म्यानचेस्टर युनाइटेड)
  • विरुद्ध – फेनरबाकविरुद्ध – सेप्टेम्बर २००४
  • उमेर – १८ वर्ष ३४० दिन

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार १९:०८
Loading...