पिएसजीको जितमा इकार्डी नायक : पुग्यो च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, कात्तिक २१
फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीहार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा पिएसजीले पाहुना टोली बेल्जियमको क्लब ब्रुगीलाई १–० ले हरायो । पिएसजीको जितमा १ मात्रै विजयी गोल अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गरे । पहिलो हाफको २१औं मिनेटमा इकार्डीले गरेको गोल टोलीलाई ३ अंक बटुल्न पर्याप्त भयो ।

खेलको ७६औं मिनेटमा ब्रुगीले पेनाल्टी पाएको थियो । तर, उसका खेलाडी एमबाए डिग्ने पेनाल्टीमा चुकेपछि पाहुना टोलीले खेल बराबरी गर्ने मौका खेर फालेको थियो । अब यो जितसँगै पिएसजी समूह ‘ए’बाट अन्तिम १६ मा जाने पहिलो टिम बनेको छ । उसले ४ खेलबाट १२ अंक जोडेको छ । पराजित ब्रुगी २ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०३:५४
Loading...