बालोन डि‘ओर–२०१९ को मनोनयन सार्वजनिक : साबिक विजेता मोड्रिक टप ३० मै परेनन्

काठमाडौं, कात्तिक ५
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर–२०१९ को मनोनयन सार्वजनिक भएको छ । आयोजक ‘फ्रान्स फुटबल’ले आज पेरिसमा यस वर्षका लागि प्रारम्भिक मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा वर्ष २०१९ मा उत्कृष्ट प्रदर्शन गर्ने कूल ३० जना खेलाडी समेटिएका छन् ।

६३औं संस्करणको अवार्डका लागि यसअघि पाँच–पाँचपटक यो अवार्ड जितिसकेका अर्जेन्टिनाका लिओनल मेस्स र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसहित यो समयका स्टार खेलाडीहरू परेका छन् । टप–३० मा फ्रान्सका केलियन एमबाप्पे, पोर्चुगलका जुआओ फेलिक्स, बेल्जियममा इडेन हाजार्ड, ब्राजिलका गोलकिपर एलिसन बेकरसमेत टोलीमा परेका छन् ।

तर, यसपटक गत वर्ष यो अवार्ड जितेका स्पेनिस रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिक भने टप–३० मै अटाएनन् ।

हेरौं सूची :

  1. केभिन डे ब्रुयान (म्यानचेस्टर सिटी–बेल्जियम)
  2. एन्टोनी ग्रीज्म्यान (एथ्लेटिको मड्रिड/बार्सिलोना–फ्रान्स)
  3. कालिडोऊ कोउलीबाली (नापोली–सेनेगल)
  4. लिओनल मेस्सी (बार्सिलोना–अर्जेन्टिना)
  5. रियादमहारेज (म्यानचेस्टर सिटी–अल्जेरिया)
  6. जोआओ फेलिक्स (एथ्लेटिको मड्रिड–पोर्चुगल)
  7. इडेन हाजार्ड (चेल्सी/रियल मड्रिड–बेल्जियम
  8. मार्किनहोस् (पिएस्जी–ब्राजिल)
  9. मोहमद सालाह (लिभरपुल–इजिप्ट)
  10. रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी–इंग्ल्यान्ड)
  11. भर्जिल भान डाइक (लिभरपुल–नेदरल्यान्ड्स)
  12. बर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी–पोर्चुगल)
  13. हेङ–मिन सन (टोटनह्याम–दक्षिण कोरिया)
  14. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख–पोल्यान्ड)
  15. रोवर्ट फर्मिन्हो (लिभरपुल–ब्राजिल)
  16. एलिसन बेकर (लिभरपुल–ब्राजिल)
  17. करिम बेन्जेमा (रियल मड्रिड–फ्रान्स)
  18. माथिस डि लिग्ट (आयाक्स/युभेन्टस–नेदरल्यान्ड्स)
  19. क्रिस्टियानो रोनाल्डो (युभेन्टस–पोर्चुगल)
  20. जर्जियो विज्नाल्डुम (लिभरपुल–नेदरल्यान्ड्स)
  21. केलिएन एमबाप्पे (पिएसजी–फ्रान्स)
  22. पियरे इमरिक उबामेयाङ (आर्सनल–गाबोन)
  23. मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना–जर्मनी)
  24. डोनी भान डे बिक (आयाक्स–नेदरल्यान्ड्स)
  25. ट्रेन्ट अर्नोल्ड (लिभरपुल–इंग्ल्यान्ड)
  26. साडियो माने (लिभरपुल–सेनेगल)
  27. सर्जियो अगुएरो (म्यानचेस्टर सिटी–अर्जेन्टिना)
  28. फ्रेन्की डे जोङ (बार्सिलोना–नेदरल्यान्ड्स)
  29. ह्युगो लोरिस (टोटनह्याम–फ्रान्स)
  30. दुसान ट्याडिक (आयाक्स–सर्बिया)

 

प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार ०७:२४
Loading...