‘द हन्ड्रेड’ मा सन्दीप लामिछाने डेढ करोड मूल्यमा बिके !

काठमाडौं, कात्तिक ४
नेपालको राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि निकै महँगो मूल्यमा बिकेका छन् । सो प्रतियोगिताको ड्राफ्टमा सन्दीप १ लाख पाउन्डमा बिकेका हुन् । यो नेपाली रुपैयाँ १ करोड ४७ लाख हुन आउँछ । अघिल्लो दिन स्काई लन्डनको स्टुडियोमा भएको उक्त ड्राफ्टमा १९ वर्षीय सन्दीपलाई ओभल इन्भिनसिभल्सले खरिद गरेको हो ।

सुरुआतमा सन्दीपको मूल्य १ लाख पाउन्ड तोकिएकोमा ओभलले उनलाई दोस्रो चरणमै फाइनल गरेको हो । सन्दीपलाई छनौट गर्नुमा ओभलका मुख्य प्रशिक्षक अस्ट्रेलियन टम मुडीको मुख्य हात रहेको बताइएको छ । मुडी आइपिएलमा सनराइजर्स हैदरावादका समेत प्रशिक्षक रहेका छन् ।

सन्दीप आबद्ध ओभल इन्भिनसिबल्समा सुनील नरेन, साम कुरान, जेसन रोय, साम विलिंग्स, टम कुरानलयात स्टार खेलाडीहरू छन् । सो प्रतियोगिता इंग्ल्यान्डमा सन् २०२० को जुलाई दोस्रो सातादेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा ८ टोली हुनेछन् ।

प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार १०:०९
Loading...