नेपालले म्यानमार र इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, कात्तिक ४
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल खेलिरहेको नेपालले दुई महत्त्वपूर्ण मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नोपलले म्यानमार र इंग्ल्यान्ड ‘सी’ टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले पहिलो खेल नोभेम्बर ७ तारिखमा एसियन देश म्यानमारसँग खेल्नेछ । एन्फाका अनुसार २०२२ को विश्वकप छनौट र एकसाथ एसियन कप छनौट खेलिरहेको नेपाललाई तयार पार्न मैत्रीपूर्ण खेल खेलाउन लागिएको जनाएको छ ।

त्यसैगरी, नेपालले इंग्ल्यान्डको ‘सी’ टिमसँग सन् २०२० को मार्च २५ मा खेल्ने छ । सो खेल एल्डरसट टाउन फुटबल क्लबमा बताइएको छ । विश्वकप छनौटको समूह ‘बी’मा रहेको नेपालले चार खेल खेल्दा एक खेल जितेर तीन खेल हारेको छ । ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ ।

प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार ०९:५२
Loading...