प्रिमियर लिग : आज म्यानचेस्टर युनाइटेड र लिभरपुलको ‘महाभिडन्त’ हुँदै

काठमाडौं, कात्तिक ३
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । लिगको नवौं साताको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल सिजनको पहिलो भेटमा आमेनसामने हुँदैछन् । यस खेलका लागि युनाइटेडले लिभरपुललाई आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

यो सिजन शतप्रतिशत विजयी यात्रामा रहेको लिभरपुल आज ओल्ड ट्राफोर्ड उत्रिँदा नवौं जितको खोजीमा हुनेछ । साबिक विजेता म्यानचेस्टर सिटीसँग ९ अंकको स्पष्ट अग्रता कायम राख्न पनि लिभरपुललाई आजको जित आवश्यक हुन्छ ।

यो सिजन खराब प्रदर्शन गरिरहेको युनाइटेड यतिबेला रेलिगेसनतर्फ झरिरहेको छ । युनाइटेडले ८ खेलबाट मात्रै ९ अंक जोडर लिगको १४औं स्थानमा छ । उसले ८ खेलमा मात्रै २ खेल जितेर ३ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ ।

आज आफ्नो घरमा उत्रिँदा युनाइटेड लिग लिडर लिभरपुलमाथि स्पष्ट जितको खोजीमा हुनेछ । अंक तालिकामा सुधार गर्न र टिमलाई खराब अवस्थाबाट माथि उठाउन पनि युनाइटेडका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ ।

‘हेड टु हेड’मा को बलियो ?

जम्मा खेल – २३०

म्यानचेस्टर युनाइटेड जित – ८८

बराबरी – ६६

लिभरपुल जित – ७६

अन्तिम पाँच खेलको नतिजा :

म्यानचेस्टर युनाइटेड १–१ लिभरपुल (प्रिमियर लिग)

लिभरपुल ०–० म्यानचेस्टर युनाइटेड (प्रिमियर लिग)

म्यानचेस्टर युनाइटेड २–१ लिभरपुल (प्रिमियर लिग)

लिभरपुल ३–१ म्यानचेस्टर युनाइटेड (प्रिमियर लिग)

म्यानचेस्टर युनाइटेड ०–० लिभरपुल (प्रिमियर लिग)

प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार १०:३१
Loading...