नेइमार घाइते भएको खेलमा नाइजेरियासँग ब्राजिलको कठिन बराबरी

काठमाडौं, असोज २६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी टोली ब्राजिल वेस्ट अफ्रिकन देश नाइजेरियासँग बराबरीमा रोकिएको छ । आइतबार राति सिंगापुरमा भएको खेलमा नाइजेरिया र ब्राजिल १–१ को बराबरीमा रोकिए ।

स्टार खेलाडी नेइमारलाई खेलको १३औं मिनेटमा चोटका कारण गुमाएको ब्राजिलले पछि परेको अवस्थामा गोल गरेर हार पन्छायो । नेइमार ‘हार्मस्ट्रिङ’बाट पीडित भएपछि खेल सुरु भएको १३ मिनेटमै मैदान छाडेका थिए । उनको स्थानमा फिलिपे कोउटिन्होलाई मैदान छिराइएको थियो ।

नाइजेरियाले खेलको ३५औं मिनेटमा गोल गरेर ब्राजिललाई पछि पारेको थियो । जोए अरिबोले सिमोनको पासमा गोल गरेका थिए । सोही गोलको मदतमा नाइजेरियाले पहिलो हाफमा १–० को अग्रता बनायो ।

तर, दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले गोल फर्कायो । खेलको ४८औं मिनेटमा कासेमिरोले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल १–१ मा टुंगियो ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १९:४६
Loading...