नेइमार फेरि घाइते : १३ मिनेटमै मैदान छाडे !

एजेन्सी, असोज २६
फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेइमार पेरि घाइते भएका छन् । आज अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत नाइजेरियासँग खेल्नेक्रममा नेइमारले घाइते भएर मैदान छाडे ।

नाइजेरियाविरुद्ध सुरुआती टोलीबाट मैदान उत्रिएका नेइमारले खेल सुरु भएको १३औं मिनेटमै मैदान छाडेका थिए । उनको स्थानमा फिलिपे कोउटिन्होलाई मैदान छिराइएको थियो ।

नेइमार ‘हार्मस्ट्रिङ’बाट पीडित भएको बताइएको छ । तर, उनको चोटको अवस्था के–कस्तो छ भन्ने खुलिसकेको छैन । यसबारे ब्राजिलका प्रशिक्षकले बताइसकेका छैनन् । नेइमार विगत सिजनमा लामो समयको चोटपछि नयाँ सिजनसँगै चोटमुक्त हुँदै मैदान फर्किएका थिए ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १८:४४
Loading...