श्रीलंकाको पोस्टमा दक्षिण कोरियाले ठोक्यो ८ गोल : सिन उकको ४ गोल !

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि जारी एसियन क्षेत्रको छनौट खेलमा साउथ कोरियाले फराकिलो जित निकालेको छ । आज समूह ‘एच’अन्तर्गत आफ्नो भूमिमा भएको खेलमा कोरियाले पाहुना टोली श्रीलंकालाई ८–० गोल अन्तरले निराश बनायो ।

आफ्नो घरमा खेललाई एकपक्षीय बनाएको कोरियाका लागि एकजना खेलाडीले ४ गोल हाने गरे । एकजनाले २ गोल गरे । बाँकी २ गोल अन्य २ जना खेलाडीले गरे । कोरियाले पहिलो हाफमा ५ गोल गरेको थियो भने बाँकी ३ गोल दोस्रो हाफमा गरेको थियो ।

कोरियका लागि किम सिन–उक एक्लैले ४ गोल गरे । उनले खेलको १७औं, ३०औं, ५४औं र ६४औं मिनेटमा गोल गरे । त्यस्तै, सन हेङ मिनले खेलको १०औं र पहिलो हाफको इन्जुरी समयमा १ गोल गरे । उनले दोस्रो गोल पेनाल्टीबाट गरे ।

त्यसैगरी, खेलको २०औं मिनेटमा ह्वाङ ही–चानले गोल गरे भने ७६औं मिनेटमा क्वान चाङ–होनले गोल गरे । अब यो जितपछि कोरिया दुवै खेल जितेर ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । समान ६ अंक नै भएको नर्थ कोरिया दोस्रो स्थानमा छ । ३ अंक भएको तुर्केमेनिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २३ आश्विन २०७६, बिहीबार २०:०७
Loading...