विश्वकप छनौट : मंगोलियाको पोस्टमा जापानको आधा दर्जन गोल

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि जारी एसियन क्षेत्रको छनौट खेलमा एसियाली फुटबलको पावर हाउस जापानले फराकिलो जित निकालेको छ । आज समूह ‘एफ’अन्तर्गत आफ्नो भूमिमा भएको खेलमा जापानले पाहुना टोली मंगोलियालाई ६–० को फराकिलो हार चखायो ।

आफ्नो घरमा खेललाई एकपक्षीय बनाएको जापानका लागि ६ जना फरक–फरक खेलाडीले गोल गरे । जापानले पहिलो हाफमा ४ गोल गरेर दोस्रो हाफमा २ गोल हानेको थियो ।

जापानका लागि खेलको २२औं मिनेटमा टाकुमी मिनामिनोले पहिलो गोल गर्दा माया योसिदाले दोस्रो गोल गरे । त्यसपछि ३४औं मिनेटमा युटु नागाटोमोले तेस्रो गोल गर्दा केनसुके नागीले चौथो गोल गरे ।

त्यसपछि दोस्रो हाफमा जापानले २ गोल थप्यो । खेलको ५७औं मिनेटमा हिरोकी साकाईले पाँचौं गोल गर्दा ८२औं मिनेटा डाइची कामडाले अन्तिम गोल गरेपछि खेल जापानले ६–० ले जित्यो ।

अब यो जितपछि जापानले दुई खेलमा स्पष्ट जित निकालेर ६ अंक जोडेको छ । ऊ समूह ‘एफ’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा ताजिकिस्तान ६ अंकसहित छ । ३ अंक भएको मंगोलिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २३ आश्विन २०७६, बिहीबार १९:३५
Loading...