चार वर्षपछि आज जर्मनी र अर्जेन्टिना भिड्दै : कसले मार्ला बाजी ?

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत विश्व फुटबलका दुई महाशक्ति राष्ट्र तथा खास प्रतिस्पर्धी जर्मनी र अर्जेन्टिना आज राति भिडन्त गर्दैछन् । सन् २०१४ मा ब्राजिलका भएको फिफा विश्वकप फुटबलको फाइनल खेलमा भिडेयता यी दुई टोली दोस्रो मैत्रीपूर्ण खेलमा करिब ४ वर्षपछि पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

नेपाली समयअनुसार आज राति १२ः३० बजेबाट यी दुई बलिया टोली भिड्दा यो खेल विश्व फुटबलका लागि आकर्षणको खेल हुनेछ । खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डको घरेलु मैदान सिंगल इडुना पार्कमा हुनेछ ।

सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिना भिड्दा त्यसबेला अन्तिम समयमा जर्मनीले गोेल गर्दै उपाधि पोल्टामा पारेको थियो । लिओनल मेस्सीले करिअरमा विश्वकप जित्ने सपना खेलको अन्तिम १० मिनेटमा चकनाचुर भएको थियो ।

सो खेलयता यी दुई टोली अन्तर्राष्ट्रिय मञ्चमा २०१४ को सेप्टेम्बरमा (विश्वकपपछि) मैत्रीपूर्ण खेलमाभिडेका थिए, जसमा अर्जेन्टिनाले जर्मनीलाई २–४ ले हराएको थियो । सो खेलपछि उनीहरू आज राति मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् । आज रातिको खेलमा अर्जेन्टिनी टोलीमा स्थायी कप्तान मेस्सीलगायत केही प्रमुख खेलाडी हुनेछैनन् । प्रशिक्षक लिओनल स्कालोनीले अधिकांश युवा खेलाडीलाई उतार्दैछन् ।

यता, जर्मनीका प्रशिक्षक आज जर्मनीलाई घरेलु मैदानमा जित दिलाउने दाउमा छन् । लामो समयदेखि जर्मनीको टोली सम्हाल्दै आएको जोआचिम लो २०१४ पछि अर्जेन्टिनाविरुद्ध पहिलो जित दर्ता गर्ने दाउमा छन् । जर्मन टोलीमा पनि केही प्रमुख खेलाडी हुनेछैनन् । टोलीमा यो समयमा लयमा रहेका युवा खेलाडीलाई प्रशिक्षकले समेटेका छन् ।

‘हेट टु हेड’मा

जम्मा खेल – २२
जर्मनी जित – ८
अर्जेन्टिना जित – १०
बराबरी – ४

पछिल्ला पाँच खेलको नतिजा

२०१४ सेप्टेम्बर – जर्मनी २–४ अर्जेन्टिना (मैत्रीपूर्ण)
२०१४ जुलाई – जर्मनी १–० अर्जेन्टिना (फिफा विश्वकप)
२०१२ अगस्ट – जर्मनी १–३ अर्जेन्टिना (मैत्रीपूर्ण)
२०१० जुलाई – जर्मनी ०–४ अर्जेन्टिना (फिफा विश्वकप)
२०१० मार्च – जर्मनी ०–१ अर्जेन्टिना (मैत्रीपूर्ण)

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ०८:२२
Loading...