मेस्सीले छैटौं गोल्डेन बुट थाप्ने मिति तय

एजेन्सी, असोज २१
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले सिजन २०१८–१९ का लागि जितेको युरोपियन गोल्डेन बुट थाप्ने मिति तय भएको छ । गत सिजन मेस्सीले ला लिगामा कूल ३६ गोल गरेका थिए । युरोपका टप–५ लिगमध्ये ला लिगामा सबैभन्दा बढी ३६ गोल गरेका मेस्सीले सर्वाधिक गोलकर्ताको हैसियतमा छैटौं गोल्डेन बुट जितेका छन् ।

तर, सो गोल्डेन बुट थाप्ने समय भने भर्खर तय भएको छ । स्पेनिस मिडियाका अनुसार मेस्सीलाई अक्टोर १६ मा स्पेनिमा एक समारोहबीच गत सिजनका लागि युरोपियन गोल्डेन बुट प्रदान गरिनेछ । मेस्सीले छैटौंपटक युरोपको सर्वाधिक गोलकर्ताको हैसियतमा गोल्डेन बुट ग्रहण गर्दैछन् ।

गत सिजन ला लिगामा कूल ३६ गोल गरेका मेस्सीले फ्रेन्च क्लब लिग वानका केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै गोल्डेन बुटमा बाजी मारेका थिए । एमबाप्पेले गत सिजन कूल ३३ गोल गरेका थिए ।

मेस्सीले यसपटकसहित ६ पटक गोल्डेन बुट जितेका छन् । उनी अब यो व्यक्तिगत अवार्ड ६ पटक जित्ने एक्लो खेलाडी बनेका छन् । उनीपछि हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोले कूल ४ पटक सो अवार्ड जितेका छन् ।

मेस्सीले हालसम्म जितेका गोल्डेन बुट :

सिजन २००९–१० – ३४ गोल

सिजन २०११–१२ – ५० गोल

सिजन २०१२–१३ – ४६ गोल

सिजन १६–१७ – ३७ गोल

सिजन २११७–१८ – ३४ गोल

सिजन २०१८–१९ –३३ गोल

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार २१:१६
Loading...