युरोपियन गोल्डेन बुटमा लेवान्डोस्की दोब्बरले अघि : कसको कति गोल ?

काठमाडौं, असोज २१
जारी सिजन २०१९–२० मा युरोपियन गोल्डेन बुटमा जर्मन क्लब बार्यन म्युनिखका स्टार खेलाडी रोवर्ट लेवान्डोस्की अन्य प्रतिस्पर्धीभन्दा दोब्बरले अघि देखिएका छन् । लिगका ७ खेल सकिँदा पोलिस फरवार्डले कूल १४ गोल गरिसकेका छन् ।

बुन्डेसलिगामा हालसम्म ७ खेल सकिएका छन् । उनले मात्रै ७ खेलबाट १४ गोल गरेर गोल गर्ने मामिलामा उत्कृष्ट लय समातेका छन् । उनले औसतमा हरेक एक खेलमा २ गोल गरेका छन् । मैदानमा बिताएको समय हेर्दा उनले हरेक ५५ मिनेटमा १ गोल गरेका छन् ।

यस्तो छ सर्वाधिक गोलकर्ताको सूची :

  1. रोवर्ट लेवान्डोस्की (बुन्डेसलिगा) – १४ गोल
  2. सर्जियो अगुएरो (प्रिमियर लिग ) – ८ गोल
  3. टमी अ्रबाहम (प्रिमियर लिग) – ८ गोल
  4. सिरो इम्बोइल (सिरी ए) – ७ गोल
  5. भिक्टोर ओसिमहेन (लिग वान) – ७ गोल
  6. लोरेन मोरोन (ला लिगा) – ६ गोल
  7. करिम बेन्जेमा (ला लिगा) – ६ गोल
  8. जेरार्ड मोरेनो (ला लिगा) – ६ गोल

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार १७:१८
Loading...