यसरी मेस्सीले डेम्बेलेलाई रातो कार्डबाट जोगाउन खोजेका थिए

एजेन्स, असोज २१
गत शनिबार स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेभिल्ला भिड्दा बार्सिलोनाका २ जना खेलाडीले अन्तिम समयमा रातो कार्ड पाए । एक खेलाडीले दोहोरो रातो कार्ड पाए भने एकजनाले सोझै रातो कार्ड पाए । बार्सिलोनाले ४–० ले जितेको सो खेलमा फ्रे्रन्च विंगर उसामान डेम्बेलेले पाएको रातो कार्डको विषयमा रेफ्रीको आलोचना भयो ।

कतिपयले सो खेलमा डेम्बेले अनावश्यक रूपमा रातो कार्ड पाएको भन्दै खेल खेलाउने रेफ्रीको आलोचना गरेका थिए । तर, सब्सिच्युट खेलाडी रोनाल्ड अराउजोेले रातो कार्ड पाएको विषयमा रेफ्रीसँग विवादमा उत्रिएपछि रेफ्रीले डेम्बेलेलाई रोतो कार्ड दिएका थिए । सुरुआतमा डेम्बेलेलाई दोहोरो पहेंलो कार्ड दिएको ठानिए पनि पछि रेफ्रीले ला लिगामा पेश गरेको ‘खेल रिपोर्ट’मा डेम्बेलेले ‘रेफ्रीको निर्णयमा मजाक गरेको’ भन्दै सोझै रातो कार्ड दिएको रिपोर्ट बुझाएको स्पेनिस मिडियाले खबर छापेका छन् ।

यदि रेफ्रीले सो व्यहोराको रिपोर्ट बुझाएको भए डेम्बेलेमाथि कम्तीमा दुई खेलको प्रतिबन्ध लाग्नेछ । यसको अर्थ उनले सिजनको पहिलो इएल क्लासिको खेल गुमाउने सम्भावना प्रबल छ ।

अहिले डेम्बेलेले रातो कार्ड पाएको समयको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ, जसमा कप्तान लिओनल मेस्सीले रेफ्रीसँग रातो कार्डको विषषमा विवाद गरेका छन् । उनले डेम्बेलेलाई रातो कार्डबाट जोगाउन सक्दो प्रयास गरेको देखिन्छ । डेम्बेलेले रेफ्रीलाई ‘तिमी खराब छौं’ भनेर गोली गरेका थिए । डेम्बेलेले स्पेनिस भाषामा गाली गरेको भन्दै रेफ्रले उनलाई रातो कार्ड दिएका थिए ।

तर, कप्तान मेस्सीले लगत्तै रेफ्रीसँग डेम्बेलेले स्पेनिस भाषा नै बोल्न नजान्ने भन्दै रेफ्रीले गलत निर्णय लिन लागेकोमा रोक्न खोजेका थिए । तर, रेफ्रीले मेस्सीको कुरा नसुनी डेम्बेलेलाई रातो कार्ड दिएका थिए ।

ला लिगाले डेम्बेलेको विषयमा यसै साता निर्णय सुनाउनेछ । बार्सिलोनाले अक्टोबर १९ मा एइबारसँग लिगको नवौं खेल खेल्दैछ भने त्यसपछि अक्टोबर २६ मा रियल मड्रिडसँग खेल्दैछ ।

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार १३:४५
Loading...