क्लब फुटबल विश्राम : अब अन्तर्राष्ट्रिय खेल

काठमाडौं, असोज २०
युरोपलगायत अन्य क्षेत्रमा सम्पूर्ण क्लब फुटबल विश्राम भएको छ । गत राति क्लब फुटबल सकिएसँगै सबैखाले क्लबका खेलहरू स्थगित भएका हुन् । अब अन्तर्राष्ट्रिय खेलहरू हुनेछन् । नयाँ सिजन सुरु भएपछि दोस्रो अन्तर्राष्ट्रिय ब्रेक भएको हो । अब पुनः अक्टोबर १८ बाट लिग सुरु हुनेछन् ।

त्यसबीचमा युरोपियन देशहरूले मैत्रीपूर्ण खेलका साथै सन् २०२० मा हुने युरो कपका लागि छनौट खेल खेल्नेछन् । दक्षिण अमेरिकी तथा अफ्रिकन, उत्तरी अमेरिकी देशहरूले मैत्रीपूर्ण खेल खेल्नेछन् । मध्यपूर्वका देशले पनि यस बीचमा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

अन्तर्राष्ट्रिय ब्रेकको समयमा युरोपियन देश जर्मनी, नेदरल्यान्ड्स, फ्रान्स, इटाली, पोर्चुगल, बेल्जियमलगायत देशले युरो कप छनौट खेल्नेछन् । दक्षिण अमेरिकी देश अर्जेन्टिना, ब्राजिल, कोलम्बियालगायत देशले मैत्रीपूर्ण खेल खेल्नेछन् ।

युरो कप छनौट खेलहरू ३ दिनपछि अर्थात् अक्टोर १० बाट सुरु हुनेछन् । युरोप छनौटमा यसपटक दुई चरणका खेल हुनेछन् । यसबीचमा जर्मनी र अर्जेन्टिनाको महत्त्वपूर्ण मैत्रीपूर्ण खेल हुनेछ । ब्राजिलले सेनेगल र नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि युरोपका टप–५ लिगमा ला लिगा अक्टोबर १८, सिरी ए अक्टोबर १९, प्रिमियर लिग अक्टोबर १९, बुन्डेसलिगा अक्टोर १९ र फ्रेन्च लिग वान अक्टोबर १८ बाट सुरु हुनेछ ।

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार ११:४१
Loading...