बार्यनले आफ्नै घरमा होफेनहेइमसँग भोग्यो सिजनको पहिलो हार

काठमाडौं, असोज १८
लिग लिडर बार्यन म्युनिखले यो सिजनको पहलिो हार व्यहोरेको छ । शनिबार राति घरेलु लिग बुन्डेसलिगामा भएको सातौं खेलमा बार्यनलाई पाहुना टोली होफेनहेइमले बार्यनलाई उसकै घरमा २–१ को हार चखायो । प्रमुख खेलाडीको सेट लिएर मैदान उत्रिएको बार्यनले घरमा यो सिजनको पहिलो भोर भोग्न बाध्य भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोलीले नतिजा आफ्नो पक्षमा निकाल्यो । उसका लागि सार्गिस एडमायन नायक बने । २ वटै गोल उनैले गरे । उनले खेलको ५४औं मिनेटमा पहिलो गोल गरेका थिए ।

तर, खेलको ७३औं मिनेटमा बार्यनका लागि रोवर्ट लेवान्डोस्कीले गोल गर्दै खेल १–१ बनाए । तर, त्यसपछि बार्यनले पोस्ट जोगाउन सकेन । खेलको ७९औं मिनेटमा बार्यनले अर्को गोल खायो । सो गोल पनि पहिलो गोल गरेका सार्गिसले नै गरेका थिए । उनको गोलपछि होफेनहेइमले बार्यनलाई १–२ ले पछि छाड्यो । त्यसपछि बाँकी समयमा बार्यनले गोल गर्न सकेन र खेल होफेनहेइमले जित्यो ।

अब यो जितपछि होफेनहेइम ७ खेलबाट ८ अंक जोडेर लिगको ११औं स्थानमा चढेको छ । पराजित बार्यन यो हारपछि पनि १४ अंकसहित लिगको शीर्ष स्थानमा यथावतै छ ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार २२:३४
Loading...