डेले अली र लिंगार्ड इंग्ल्यान्डको टोलीबाट आउट : अब्राहमको डेब्यु

एजेन्सी, असोज १८
अर्को वर्ष हुने युरो कपका लागि जारी छनौट खेल खेल्ने इंग्ल्यान्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषण गरेको २५ सदस्यीय टोलीमा स्टार खेलाडी डेले अली र जेसे लिगार्ड परेका छैनन् ।

इंग्ल्यान्डले अक्टोबर ११ मा चेक रिपब्लिकसँग खेल्दैछ भने त्यसपछि अक्टोबर १४ मा बुल्गेरियासँग खेल्ने तालिका छ । छनौटमा समूह ‘ए’मा रहेको इंग्ल्यान्ड ४ खेलमा स्पष्ट जित निकालेर १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

टोलीका दुई प्रमुख खेलाडी अली र लिंगार्ड आउट भए पनि डिफेन्डर फिकायो टोमोरी र फरवार्ड टामी अब्राहमले टोलीमा मौका पाएका छन् । हाल चेल्सीमा रहेका अब्राहम उत्कृष्ट लयमा छन् । उनले चेल्सीका लागि लगातार गोल गर्दै आएका छन् । उनीहरू दुवैले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका हुन् ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार १२:४०
Loading...