अर्जेन्टिनाविरुद्ध खेल्ने जर्मनीको टोली घोषणा : को–को परे ?

एजेन्स, असोज १७
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तथा युरो कप छनौटसहित दुई खेलका लागि जर्मनीको टोली घोषणा भएको छ । आज जर्मनीका प्रशिक्षक जोआचिम लोले २१ सदस्यीय टोली घोषणा गरेका हुन् । घोषित टोलीमा प्रमुख गोलरक्षक बार्यन म्युनिखका म्यानुल निउरसहित स्पेनिस बार्सिलोनाका मार्क आन्द्रे टर स्टेगेनसमेत परेका छन् ।

त्यसैगरी, स्पेनिस रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस, बार्यन म्युनिखका सेर्गी ज्नाब्राी, इटालियन युभेन्टसका इम्री च्यान, जोसुवा किमिचलगायत स्टार खेलाडी टोलीमा परेका छन् । त्यस्तै, आक्रमण लाइनमा मार्को रेउस, टिमो अवार्नरलगायत खेलाडी टोलीमा परेका छन् ।

जर्मनीले अक्टोबर १० तारिखमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि दोस्रो खेल उसले ४ दिनपछि युरो कप छनौटमा इस्टोनियासँग खेल्ने तालिका छ ।

यस्तो छ पूरा टोली :

प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार १७:३६
Loading...