युरोपा लिग : युनाइटेडको खराब प्रदर्शन, एजेट अल्कामारसँग रोकियो

काठमाडौं, असोज १७
युरोपा लिग फुटबलमा इंग्लिस टिम म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गत राति नेदरल्यान्डको एजेट अल्कामारसँग भएको खेलमा युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो । तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध युनाइटेडले खेल अवधिभर एउटा पनि गतिला आक्रमण गर्न सकेन ।

आफ्नो घरमा खेलेको एजेटले पाहुना टोलीलाई खेल अवधिभर चर्को दबाब राख्न सफल भयो । उसले युनाइेडभन्दा बढी मौका बनाए पनि गोल गर्न भने सकेन । निर्धारित ९० मिनेटमा युनाइटेडका कुनै पनि खेलाडीले एक प्रहार पनि टार्गेटमा हान्न सकेनन् । जबकि, एजेटले १२ प्रहार गर्दा ४ प्रहार टार्गेटमा हानेको थियो ।

निराशाजनक प्रदर्शन गरेको युनाइटेडले यो खेलबाट १ अंक जोड्दै समूह समूह ‘एल’ मा ४ अंकसहित शीर्ष स्थानमा छ । अल्कामार २ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ०८:२२
Loading...