युरोपा लिगमा आर्सनलको प्रभावशाली जित

काठमाडौं, असोज १७
युरोपा लिग फुटबलमा आर्सनलले प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा युवा फरवार्ड युवा ग्याब्रियल मार्टिनेलीले २ गोल गरेपछि आर्सनलले बेल्जियमको क्लब स्टान्डर्ड लिएगमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

आफ्नो मैदानमा भएको खेलमा आर्सनललाई जिताउन १८ वर्षीय मार्टिनेली नायक बने । उनले २ गोल गर्नुका साथै १ गोलका लागि असिस्टसमेत गरे । त्यस्तै, जोसेफ विललक र ड्यानियल सेवालसले समान १–१ गोलको योगदान दिए ।

आफ्नो घरमा प्रभावशाली देखिएको आर्सनलले खेल सुरु भएको २२ मिनेटमै ३ गोल हानिसकेको थियो । उसका लागि खेलको १४औं मिनेटमा मार्टिनेलीले पहिलो गोल गर्दा त्यसको दुई मिनेटपछि नै मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गरे । फेरि २२औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि खेलमा आर्सनलले ३–० को सहज अग्रता बनाायो ।

त्यसपछि खेलको ५७औं मिनेटमा मार्टिनेलीको पासमा ड्यानियल सेवालसले गोल गर्दै आर्सनललाई ४–० को लिड दिए । बाँकी समयमा भ्रमणकारी टोलीले गोल गर्न सकेन र खेल आर्सनलले जित्यो । अब आर्सनल समूह ‘एफ’ मा २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्टान्डर्ड ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ०८:०४
Loading...