च्याम्पियन्स लिग : लिलेलाई चेल्सीले उसकै घरमा हरायो

काठमाडौं, असोज १५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लिस टिम चेल्सीले पहिलो जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई १–२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई जताउन विलियनले निर्णायक गोल गरेका थिए ।

खेलमा भ्रमणकारी टोली चेल्सीका लागि २२औं मिनेटमा टमी अब्राहमले गोल गरेका थिए । तर, खेलको ३३औं मिनेटमा लिलेका लागि भिक्टोर ओसिमेले गोल गरेर घरेलु टोलीलाई खेलमा फर्काएका थिए । भिक्टोरको गोलपछि खेलको पहिलो हाफमा १–१ मा टुंगियो ।

थप आक्रामक बनेको दोस्रो हाफमा चेल्सीले ७७औं मिनेटमा दोस्रो गोल हान्यो । विलियनले निकै दर्शनीय गोल गरेर चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछि खेलमा दुवै पक्षबाट थप गोल नभएपछि खेल चेल्सीले १–२ ले जित्यो ।

अब यो जितपछि चेल्सी ३ अंक जोडेर समूह ‘एच’को तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान ३ अंकसहित दोस्रो स्थानमा छ भने आयाक्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । पराजित लिले अंकविहीन हुँदै सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार ०७:५२
Loading...