गोल्डेन बुट दौड  : १० गोल पूरा गर्ने लेवान्डोस्की पहिलो खेलाडी

एजेन्सी, असोज १२
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की जारी सिजन युरोपियन क्लब फुटबलमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गत राति बुन्डेसलिगामा पाडरबर्नविरुद्ध १ गोल गरेसँगै पोलिस फरवार्डले युरोपका टप–५ लिगका १० गोलको आँकडा छोएका हुन् । उनीबाहेक युरोपियन लिगमा अन्य कुनै पनि खेलाडीले १० गोल गरेका छैनन् ।

यो सिजन उत्कृष्ट लयमा देखिएका लेवान्डोस्कीले लिगमा मात्रै ६ खेलबाट १० गोल पूरा गरेका हुन् । दुई खेलमा २ गोल तथा एक खेलमा ह्याट्रिक गरका छन् । लेवान्डोस्कीले हालसम्म लिगमा ५१२ मिनेट खेलेका छन् । उनले प्रति ५१ मिनेटमा १ गोल गरेका छन् । लिगका १० गोल गरेका लेवाडोस्कीले हालसम्म असिस्ट भने गरेका छैनन् ।

युरोपका टप–५ लिगका सर्वाधिक गोलकर्ता :

बुन्डेसलिगा – रोवर्ट लेवान्डोस्की – १० गोल

प्रिमियर लिग – सर्जियो अगुएरो (म्यानचेस्टर सिटी) – ८ गोल, २ असिस्ट

सिरी ए – डेमोनिको बेर्राडी (सासुओलो) – ५ गोल, २ असिस्ट

ला लिगा – जेरार्ड मोरेनो (भिल्लारियल) – ६ गोल, १ असिस्ट

लिग वान – भिक्टो ओसिमहेन (लिले) – ६ गोल, २ असिस्ट

प्रकाशित मिति १२ आश्विन २०७६, आईतवार १५:२६
Loading...