बार्यन म्युनिखको जितमा कोउटिन्हो नायक !

काठमाडौं, असोज ११
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले कठिन जित निकालेको छ । शनिबार राति भएको लिगको छैटौं खेलमा बार्यनले अवे मैदानमा पाडरबर्नलाई २–३ ले हरायो । बार्यनको जितमा खेलको म्यान अफ् द म्याच घोषित फिलिपे कोउटिन्हो र सेर्गी ग्यान्ब्री नायक बने । उनीहरू दुवैले १–१ गोल गरेर १–१ गोलका लागि असिस्ट गरे ।

बार्यनका लागि खेलको १५औं मिनेटमा सेर्गे ग्यान्ब्रीले पहिलो गोल गरेका थिए । सो गोलका कोउटिन्होले असिस्ट गरेका थिए । सोही गोलको मदतमा बार्यनले पहिलो हाफमा ०–१ को अग्रता लियो । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गरी ४ गोल भए । जहाँ खेलको ५५औं मिनेटमा बार्यनका लागि पहिलो गोलमा असिस्ट गरेका कोउटिन्होले गोल गरे ।

तर, त्यसपछि घरेलु टोलीका लागि ६८औं मिनेटमा काई प्रोगरले गोल गरेर गोलअन्तर १–२ मा झारे पनि ७९औं मिनेमा बार्यनका लागि रोवर्ट लेवान्डोस्कीले गोल गरेर बार्यनलाई जितको बाटो देखाएका थिए । तर, खेलको ८४औं मिनेटमा पाडरबर्नका लागि जामिलुु कोलिन्सले गोल गरे । फेरि घरेलु टोलीले गोल थप्न नसक्दा खेल खेल बार्यनले २–३ ले जित्यो ।

यो जितसँगै बार्यन ६ खेलबाट १४ अंक बनाएर लिगको शीर्ष स्थानमा रहेको छ । ऊ दोस्रो स्थानको लेपेइजिगभन्दा १ अंकले अघि छ । आजको खेलमा १ गोल गरेसँगै लेवान्डोस्कीले भने यो सिजन लिगमा १० गोलसमेत पूरा गरेका छन् ।

प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार २२:३४
Loading...