रोनाल्डो चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए : च्याम्पियन्स लिग खेल्न तयार

एजेन्सी, असोज १०
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रक्षिणमा फर्किएका छन् । उनी अघिल्लो दिनबाटै पूर्ण प्रशिक्षणमा फर्किएका हुन् । उनी यसअघि ब्रेसियाविरुद्धको खेलमा टोलीमा थिएनन् । सो खेल युभेन्टसले आफ्नो घरमा २–१ ले जितेको थियो ।

तीघ्रामा चोट परेका रोनाल्डो सेप्टेम्बर २३ मा मिलानमा भएको बेस्ट फिफा अवार्डमा सहभागी थिएनन् । तर, च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा उनी चोटमुक्त हुँदै टोलीमा फर्किएका हुन् । युभेन्टसले भोलि (शनिबार) घरेलु लिगमा एसपिएलसँग खेल्दैछ । सो खेलमा रोनाल्डो टोलीमा हुनेछन् ।

सो खेलपछि आगामी मंगलबार युभेन्टस च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेलमा बायरसँग आफ्नो घरेलु मैदानमा खेल्दैछ । सो खेलमा रोनाल्डो प्रमुख भूमिकामा उत्रिनेछन् । जारी सिजन रोनाल्डोले क्लबका लागि ५ खेल खेल्दै २ गोल गरेर १ गोलका लागि असिस्ट गरेका छन् ।

प्रकाशित मिति १० आश्विन २०७६, शुक्रबार १४:५४
Loading...