लिग वान : पिएसजीको जितमा नेइमार नायक

काठमाडौं, असोज ६
फ्रेन्च लिग वान फुटबलमा स्टार फरवार्ड नेइमारको निर्णायक गोलमा पिएसजीले साँघुरो जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले अन्तिम समयमा गोल गर्दै लियोनलाई उसकै घरेलु मैदानमा ०–१ ले हरायो ।

प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीतर्फ धकेलिएका बेला नेइमारले अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाउन सफल भए । ८६औं मिनेटसम्म दुवै टिमबाट गोल हुन नसकिरहेका बेला नेइमारले खेलको ८७औं मिनेटमा गोल हाने ।

नेइमारले एन्जल डि मारियाको पासमा बक्सभित्र चार डिफेन्डरका बीचबाथ पहिलो बारमा च्याप्दै गरेको प्रहारले आकर्षक ढंगले जाली चुमेपछि खेल पिएसजीले ०–१ ले जित्न सफल भयो । अब यो जितसँगै पिएसजीले ६ खेलबाट १५ अंक बनाएको छ । पराजित लियोन ८ अंकसहित नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ६ आश्विन २०७६, सोमबार ०१:४४
Loading...