ताजिकिस्तानसँग नेपाल ७–० ले पराजित : बाहिरियो प्रतियोगिताबाट

काठमाडौं, असोज ४
एफएसी साफ यु–१६ च्याम्पियनसिपमा नेपाल लज्जास्पद हारको सिकार भएको छ । गत राति जोर्डनमा भएको च्याम्पियनसिप छनौटअन्तर्गत तेस्रो खेलमा नेपालले ताजिकिसतानसँग ७–० अर्को लज्जास्पद हार भोग्यो ।

तीनमा दुई खेल हारसँगै नेपाल छनौट चरणबाटै आउट भएको छ । नेपाल निरीह बनेको खेलमा ताजिकिस्ताले पहिलो हाफमै ४ गोल हानेको थियो । दोस्रो हाफमा ३ गोलसहित कूल ७ गोल खाँदा नेपालले भने १ गोल पनि फर्काउन सकेन ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग पनि ७–० गोलले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल सोही अन्तरमा पराजित भयो । यसअघि दोस्रो खेलमा भने नेपालले कुवतेलाई १–१ मा रोकेको थियो । अब नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०५:०४
Loading...