युरोपा लिग : घरमा म्यानचेस्टर युनाइटेडको साँघुरो जित

काठमाडौं, असोज ३
नयाँ सिजनको युरोपा लिग फुटबलमा इंलिस टिम म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित दर्ता गरेको छ । गत त राति भएको खेलमा युनाइटेडले अस्टानलाई १–० ले हरायो ।

आफ्नो घर ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन युवा मिडफिल्डर मासन ग्रिनवुडले गरेको १ मात्रे गोल जितका लागि निर्णाय बन्यो । टोलीमा बढी युवा खेलाडी रहेको युनाइटेडले खेलमा नियन्त्रण राखे पनि गोलका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।

पटक–पटक गोल गर्ने मौका बनाएको युनाइटेडका लागि खेलको ७३औं मिनेटमा १७ वर्षका ग्रिनवुडले गोल गरेपछि खेलमा युनाइटेडले अग्रता लियो । त्यसपछि बाँकी समयमा गोल नभएपछि खेल युनाइटेडले १–० ले जित्यो । अब यो जितपति युनाइटेडले समूह ‘एल’ मा ३ अंक जोडेको छ । अस्टान भने अंकविहीन छ ।

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०२:३९
Loading...