आजदेखि युरोपा लिग : म्यानचेस्टर युनाइटेड र आर्सनलको खेल आजै

काठमाडौं, असोज २
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । गत राति च्याम्पियन्स लिगमा पहिलो चरणका खेल सकिएपछि आज रातिबाट युरोपा लिग सुरु हुन लागेको हो ।

कूल ४८ टिमले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा आजै पहिलो लेगका सबै २४ खेल एकैदिन हुँदैछन् । सुरुआती १२ खेल राति १०ः४० बाट सुरु हुनेछन् भने बाँकी १२ खेल राति १२ः४५ सुरु हुनेछन् ।

आज हुने खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, आर्सनल, स्पेनिस सेभिल्ला, इटालियन रोमालगायत टिमका खेल महत्त्वपूर्ण हुनेछन् । आज राति हुने महत्त्वपूर्ण खेलको समय (नेपाली समय) :

  1. क्वाराबाग भर्सेस सेभिल्ला – राति १०ः४५ बजे
  2. एइन्ट्राच्याट् भर्सेस आर्सनल – राति १०ः४५ बजे
  3. रोमा भर्सेस इस्तानबुल बासाक्सेहिर – राति १२ः४५ बजे
  4. म्यानचेस्टर युनाइटेड भर्सेस अस्टाना – राति १२ः४५ बजे

प्रकाशित मिति २ आश्विन २०७६, बिहीबार ०७:४५
Loading...