साफ च्याम्पियनसिप फेरि बंगलादेशमै हुने

काठमाडौं, भदौ ३१
साफ च्याम्पियनसिप फुटबलको नयाँ संस्करण पनि बंगलादेशमै आयोजना हुने भएको छ । अघिल्लो दिन मलेसियामा बसेको साफको कार्यसमिति बैठकले प्रतियोगिताको नयाँ संस्करण बंगलादेशमै आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघिको प्रतियोगिता पनि बंगलादेशमै भएको थियो । यो प्रतियोगिता गएको वर्ष सेप्टेम्बरमा भएको थियो । पूर्वघोषणाअनुसार यसपटक प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने भनिए पनि साफले फेरि पनि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी साबिक आयोजकलाई दिएको हो ।

साफको निर्णयअनुसार यसपटक प्रतियोगिता २०२० को सेप्टेबरमा आयोजना हुनेछ । गत वर्ष बंगलादेशले आफ्नै भूमिमा आयोजना गरेको प्रतियोगितामा च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति ३१ भाद्र २०७६, मंगलवार १६:१९
Loading...