साफ यु–१८  खेल्ने नेपाली टोलीको घोषणा, को–को परे ?

काठमाडौं, भदौ ३१
अन्डर–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक चेतनारायण श्रैष्ठले आज अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा २५ जना खेलाडी रहेका छन् ।

पोखरामा करिब एक साताको प्रशिक्षण क्याम्प पूरा भएपछि नेपाली टोलीको घोषणा भएको हो । यसपटक यो प्रतियोगिता नेपालमै असोज ३ गतेबाट सुरु हुँदैछ । प्रतियोगिताका खेल हल्चोकस्थित एपिएफको मैदानमा हुने तयारी छ ।

यस प्रतियोगितामा जम्मा ६ देश सहभागी हुनेछन् । साबिक विजेतासमेत रहेको नेपालले आफ्नो समुहमा भुटान र माल्दिभ्सको सामना गर्नेछ । अर्को समूहमा भारत, बंगलादेश, भारत र श्रीलंका छन् । यी दुई समूहका विजेता टोली अर्को चरण जान्छन् ।

यस्तो छ नेपाली टोली :

गोलकिपर – विशाल सुनार, सूर्य अधिकारी, पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, अञ्जान महर्जन

मिडफिल्डरः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा

स्ट्राइकर ः व्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

प्रकाशित मिति ३१ भाद्र २०७६, मंगलवार ११:३४
Loading...