डि गेयाले युनाइटेडसँग लम्ब्याए सझौता

एजेन्सी, भदौ ३०
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पहिलो रोजाइका गोलकिपर डेभिड डि गेयाले क्बलबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस गोलकिपरले सन् २०२३ सम्म ओल्ड ट्राफोर्डमै रहने गरी सम्झौता लम्ब्याएका हुन् ।

सो सम्झौता सकिएपछि पनि डि गेयाले सम्झौता लम्ब्याउन सक्नेछन् । हाल २८ वर्ष पुगेका डि गेया सन् २०११ देखि लगातार युनाइटेडमै छन् । उनले हालसम्म युनाइटेडका लागि कूल ३६७ खेल खेलिसकेका छन् ।

८ वर्षको बीचमा डि गेयाले हालसम्म युनाइटेडबाट प्रिमियर लिग, एफए कप, लिग कप, युरोपा लिग र कम्युनिटी सिल्ड जितेका छन् । सम्झौतापछि उनले आकर्षक सुविधा पाउनेछन् । क्लबले उनलाई फुटबल इतिहासकै सबैभन्दा बढी तलब खाने गोलकिपर बनाएको भनिए पनि सुविधाबारे भने खुलाइएको छैन ।

प्रकाशित मिति ३० भाद्र २०७६, सोमबार १५:५४
Loading...