रोनाल्डोसँग नाइकले गर्‍यो ‘फुटबल इतिहासकै महँगो’ सम्झौता !

एजेन्सी, भदौ ३०
फुटबलका सामग्री उत्पादन गर्ने चर्चित कम्पनी नााइकले इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग ठूलो बजेटमा ‘लाइफटाइम’ सम्झौता गरेको छ । हाल इटालियन लिगबाट खेलिरहेका ३४ वर्ष रोनाल्डोसँग नााइकले १ बिलियन अमेरिकी डर रकममा १० वर्षे सम्झौता गरेको हो । स्मरण रहोस्, अब यो फुटबल इतिहासकै सर्वाधिक ठूलो सम्झैता बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो अवधिका लागि नाइकले रोनाल्डोसँग १ बिलियन अमेरिकी डलर दिने गरी आजीवन सम्झौता गरेको हो । गत साता मात्रै रोनाल्डो र नाइकबीच प्रतिसाता १६.२ मिलियन युरो पाउने गरी सम्झौता भएकोमा सो सम्झौतालाई पुनः नवीकरण गरिएको हो ।

रोनाल्डोसँग नाइकले गरेको सम्झौता इतिहासकै सर्वाधिक बढी हो । यसअघि उसले यति माटो बजेटमा कुनै सम्झौता भएको थिएन । सो अवधिमा रोनाल्डोले नाइकका उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने काम गर्नुपर्नेछ । नाइक खास गरी विश्व खेल क्षेत्रमा स्थापित र सबैभन्दा ठूलो बजार रहेको कम्पनी हो ।

यता, बार्सिलोनाका लिओनल मेस्सीसँग भने एडिडासले सम्झौता गरेको छ । विश्वबजारमा एडिडास र नाइकबीच ठूलै प्रतिस्पर्धा चल्दै आएको छ ।

त्यसैगरी, नाइकले अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्ससँग एक वर्षका लागि ३० मिलियन युरोमा सम्झौता गरेको छ भने स्वीस टेनिस खेलाडी रोजर फेडेररसँग पनि १० वर्षका लागि ३०० मिलियन अमेरिकी डलरमा सम्झौता गरेको छ ।

प्रकाशित मिति ३० भाद्र २०७६, सोमबार ११:०२
Loading...