च्याम्पियन्स लिगको खेल तालिका : नेपाली समयअनुसार

काठमाडौं, भदौ २९
सिजन २०१९–२० अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुई दिनपछि अर्थात् मंगलबार रातिबाट समूह चरणका खेलहरू हुँदैछन् । घरेलु लिग सकिएर युरोपियन प्रतियोगिता सुरु हुने यो साता फुटबलप्रेमीका लागि प्रतीक्षाको साता बन्नेछ ।

यस सिजन समूह चरणको पहिलो खेल मंगलबार राति १०ः४० बजेबाट सुरु हुनेछ । सो खेलमा इटालियन इन्टर मिलान र चेक रिपब्लिक क्लब स्लाभिय प्रहाको खेल हुनेछ । दुई दिनको बीचमा समूह चरणअन्तर्गत पहिलो राउन्डका सम्पूर्ण खेल हुनेछन् ।

पहिलो चरणका खेल नेपाली समयअनुसार

  1. इन्टर मिलान भर्सेस स्लाभिया प्रहा – मंगलबार राति १०ः४० बजे
  2. लियोन भर्सेस जेनिट – मंगलबार राति १०ः४० बजे
  3. चेल्सी भर्सेस भ्यलोन्सिया – बुधबार बिहान १२ः४५ बजे
  4. रेड बुल भर्सेस जिन्क – बुधबार बिहान १२ः४५ बजे
  5. नापोली भर्सेस लिभरपुल – बुधबार बिहान १२ः४५ बजे
  6. आयाक्स भर्सेस लिले – बुधबार बिहान १२ः४५ बजे
  7. बेनफिका भर्सेस आरबी लेपेइजिग – बुधबार बिहान १२ः४५ बजे
  8. बोरुसिया डर्टमुन्ड भर्सेस बार्सिलोना – बुधबार बिहान १२ः४५ बजे
  9. क्लब ब्रुगी भर्सेस गालाटासरी – बुधबार राति १०ः४० बजे
  10. ओलम्पियाकोस भर्सेस टोटनह्याम – बुधबार राति १०ः४० बजे
  11. बायर भर्सेस लोकोमोटिभ मोस्को – बिहीबार बिहान १२ः४५ बजे
  12. पिएसजी भर्सेस रियल मड्रिड – बिहीबार बिहान १२ः४५ बजे
  13. बार्यन म्युनिख भर्सेस क्राभेना ज्भेज्डा – बिहीबार बिहान १२ः४५ बजे
  14. एथ्लेटिको मड्रिड भर्सेस युभेन्टस – बिहीबार बिहान १२ः४५ बजे
  15. शाख्तर डोनेस्टक भर्सेस म्यानचेस्टर सिटी – बिहीबार बिहान १२ः४५ बजे
  16. डायनामो जाग्रेब भर्सेस एट्लान्टा – बिहीबार बिहान १२ः४५ बजे

अन्तिम १६ का खेलबारे

  • ड्र हुने दिन – डिसेम्बर १६
  • पहिलो लेगका खेलहरू – फेब्रुअरी १८/१९ तथा २५/२६ मा
  • दोस्रो लेगका खेलहरू – मार्च १०/११ र १७/१८

अन्तिम आठका खेलबारे

  • ड्र हुने दिन – मार्च २० मा
  • पहिलो लेगका खेलहरू – अप्रिल ७/८
  • दोस्रो लेगका खेलहरू – अप्रिल १४/१५

सेमिफाइनल खेलबारे

  • ड्र हुने दिन – मार्च २० मा
  • पहिलो लेगका खेल – अप्रिल २८/२९
  • दोस्रो लेगका खेल – मे ५/६
  • फाइनल खेल – इस्तानबुलमा मे ३० तारिखमा

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार ०९:५९
Loading...