प्रिमियर लिगमा आज आर्सनल र पुछारको वाटफोर्ड भिड्दै

काठमाडौं, भदौ २९
इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगको पाँचौं साताका खेलअन्तर्गत आज दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजेबाट बोर्नेमाउथ र एभर्टनको भिडन्त हुँदैछ । खेल बोर्नेमाउथको घरमा हुनेछ ।

अर्को खेलमा राति ९ः१५ बजेबाट वाटफोर्ड र आर्सनलको रोमाञ्चक भिडन्त हुनेछ । यो सिजन उत्कृष्ट लयमा देखिएको आर्सनल आज अवे मैदानमा वाटफोर्डसँग भिड्दा यो खेल हेर्नलायक हुनेछ । आर्सनल हाल ४ खेलबाट ७ अंक जोडेर लिगको सातौं स्थानमा छ । आज राति उसले स्पष्ट जित निकाल्न सके ऊ १० अंकसहित लिगको तेस्रो स्थानमा उक्लिनेछ ।

तर, बलियो टिम वार्टफोर्डसँग उसको घरमा खेल्नु आर्सनलका लागि सजिलो भने हुने छैन । भलै, वाटफोर्ड अहिलो चार खेलमा तीनमा हार र एकमा बराबरी गरेर मात्रै १ अंकसहित लिगको सबैभन्दा पुछारमा छ । तर, ऊ जुनसुकै बेला फरक नतिजा निकाल्न सक्ने टिम हो । आज आफ्नो घरमा आर्सनललाई स्वागत गर्दा वार्टफोर्ड यो सिजनको पहिलो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार ०९:२७
Loading...