‘कम ब्याक’ खेलमा नेइमारको दर्शनीय गोल : जित्यो पिएसजीले

काठमाडौं, भदौ २८
सुपरस्टार नेइमारले लामो समयपछि टोलीमा फर्किएको खेलमा इन्जुरी समयमा गोल गरेपछि फ्रेन्च क्लब पिएसजीले घरेलु टोली लग वानमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको लिगको पाँचौं खेलमा पिएसजीका लागि नेइमारले ९० मिनेटपछि थपिएको समयमा गोल गरेपछि पिएसीले १–० को जित निकालेको हो ।

खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन नसक्दा खेल गोलरहित बराबरीतर्फ अघि बढेको थियो । तर, थप समयमा नेइमारले पिएसजीका लागि सुन्दर बाई साइकल किकमा गोल गरे ।

कर्नर किकबाट आएको बलमा बक्सभित्र रहेका नेइमारले दर्शनीय बाई साइकल किकमा बललाई जाली चुमाएपछि खेल पिएसजीले १–० ले जित्यो । त्यसपछि पनि नेइमारले दोस्रो गोल गरेका थिए । तर, दोस्रो गोल भने रद्द भएको थियो ।

नेइमार अघिल्लो सिजनको अन्तिम चार खेल बाँकी छँदादेखि नै पिएसजीको टोलीबाहिर थिए । यस सिजन पनि सरुवा चर्चामा रहेकाले उनलाई सुरुका चार खेलमा खेलाइएको थिएन । तर, टोलीमा फर्किएको पहिलो खेलमै उनले महत्त्वपूर्ण गोल गरेर टिमलाई जित दिलाए ।

यो जितपछि पिएसजी पाँच खेलबाट १२ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको रेनेज ९ अंकसहित दोस्रोमा छ । पराजित स्टार्सबर्ग भने ३ अंकसहित १८औं स्थगानमा छ ।

प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार १७:४६
Loading...