मेस्सीलाई चोट थपियो : च्याम्पियन्स लिगका खेल पनि गुमाउने

एजेन्सी, भदौ २५
स्पेनिस बार्सिलोनालाई समस्या बढेको छ । यो सिजन मैदान उत्रिन नपाएका कप्तान लिओनल मेस्सीलाई चोट थपिएको छ । नयाँ सिजनअघि नै घाइते भएका उनी फिट हुन संघर्ष गरिरहेका बेला उनलाई काल्फ इन्जुरी थपिएको खबर छ ।

स्पेनिस मिडियाले मेस्सीलाई थप चोट थपिएको खबर प्रकाशित गरेका छन् । यससँगै मेस्सीले ३ दिनपछि ला लिगामा भ्यालेन्सियाविरुद्ध हुने लिगको चौथो खेल पनि गुमाउने पक्का भएको छ ।

त्यत्ति मात्रै हैन, मेस्सीले च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुआती खेलसमेत गुमाउने करिब पक्का देखिएको छ । बार्सिलोना च्याम्पियन्स लिगमा नयाँ सिजनको पहिलो खेल सेप्टेबर १७ मा समूह चरणको पहलिो अवे खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डको घरमा खेल्दैछ ।

चोट थपिएपछि मेस्सीले सो खेल गुमउने करिब–करिब पक्का छ । तर, क्लब बार्सिलोनाले भने हालसम्म मेस्सीको चोटको पुष्टि गरिसकेको छैन ।

प्रकाशित मिति September 11, 2019
Loading...