बस्ने वा जाने निर्णय मेस्सीकै हातमा : बार्सिलोना उपाध्यक्ष

एजेन्सी, भदौ २५
जारी सिजन सकिएपछि स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले क्लब छाड्न सक्ने चर्चा एककासि बढेको छ । क्लबका अधक्ष, अन्य अधिकारी र बार्सिलोनाकै सिनियर खेलाडी स्वयंले यस विषयमा पटक–पटक सार्वजनिक रूपमा धारणा राखेर मेस्सी कस्तो तयारी गरिरहेका छन् भन्ने कुराको जनाउ दिएका छन् ।

मेस्सीले बार्सिलोनामा लगातार ठूला उपाधि जित्न नसक्नु र बढ्दो उमेरका कारण आफ्नो औचित्व र आवश्यकता कम हुँदै गएको निचोडसाथ स्वविवेकले क्लब छाड्न चाहेको चर्चा छ । मेस्सी र बार्सिलोनाबीच सन् २०१७ को डिसेम्बरमा सम्झौता हुँदा मेस्सीले हरेक सिजनको अन्त्यसँगै मेस्सीले चाहे आफूखुसी फ्रिमा क्लब छाड्न सक्ने सर्त छ ।

मेस्सीको करिअरको विषयमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनेरले पनि ‘मार्सा’सँग कुरा गर्दै धारणा राखेका छन् । उनले क्लब अब मेस्सीलाई बार्सिलोनामै राख्न दबाब नदिने र मेस्सीले आफ्नो भविष्यको निर्णय स्वविवेकले आफैं लिन सक्ने बताए ।

‘मेस्सीबारे हामी एकदमै शान्त छौं । हामीलाई लाग्छ, हाम्रो डे«ेसिङ रुमै अझै पनि मेस्सी र मेस्सीको भविष्यलाई लिएर सकारात्मक छ,’ कार्डोनेरले भने ।

उनले अघि थपे, ‘हामी यसमा प्रष्ट छौं– लियोलाई जे ठीक लाग्छ, त्यही गर्न सक्छन् । तर, उनीसँग हाम्रो खास सम्झौता छ । किनभने, उनी भनेका उनी नै हुन् ।’

कार्डोनेर मेस्सी अझै क्लबमा बसिदिए विश्वका करोडौं समथर्कहरू खुसी रहने बताए । ‘यदि मेस्सीले अर्को वर्ष क्लब छाडेनन् भने त्यो उनका करोडौं समथर्कहरूका लागि खुसीको कुरा हुनेछ,’ कार्डोनेरले भने ।

प्रकाशित मिति September 11, 2019
Loading...