युरो कप छनौट : आन्डोरामाथि फ्रान्सको प्रभावशाली जित

काठमाडौं, भदौ २५
युरो कप छनौट खेलमा फ्रान्सले प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुासर बुधबार बिहान भएको खेलमा फ्रान्सले आफ्नो घरमा पाहुना टोली आन्डोरामाथि ३–० को जित निकालेको हो ।

फ्रान्सलाई जिताउन खेलको १८औं मिनेटमा किङ्स्ली कोमानले पहिलो गरेका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा डिफेन्डर क्लेमेट लेङलेटले गोल गर्दा फ्रान्स २–० को अवस्थामा पुग्यो ।

फेरि खेलको इन्जुरी समयमा फ्रान्सका लागि विसम बिन येडरले गोल गरेपछि खेल फ्रान्सले खेल ३–० ले जित्यो । यससँगै फ्रान्स ६ खेलबाट १५ अंक जोडेर समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । पराजित आन्डोरा सबै खेल हारेर सबैभन्दा पुछारमा छ ।

यस खेलमा स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले पेनाल्टी चुकाए । खेलको २८औं मिनेटमा पाएको पेनाल्टीमा उनको प्रहार सोझै गोलकिपरको हातमा परेपछि ग्रीजम्यानले राष्ट्रिय टोलीमा लामो समयदेखिको गोलको खडेरी टार्न सकेनन् । उनले गत मार्चमा गोल गरेता राष्ट्रिय टोलीमा ६ महिनादेखि गोल गर्न सकेका छैनन् ।

प्रकाशित मिति September 10, 2019
Loading...