चाइनिज ताइपेई भर्सेस नेपाल : पहिलो हाफमा नेपाललाई ०–१ को अग्रता

काठमाडौं, भदौ २४
सन् २०२२ को कतार विश्वकपका लागि जारी दोस्रो चरणको छनौट खेलअन्तर्गत अहिले समूह समूह ‘बी’का नेपाल र चाइनिज ताइपेई खेलिरहेका छन् । ताइपेईको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली नेपालले ०–१ को अग्रता लिएको छ ।

नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता लिएको हो । नेपालका लागि अन्जान बिस्टले फ्रि किकमार्फत् गोल गरेका हुन् । सो गोलको मदतमा नेपालले पहिलो हाफमा अग्रता कायम राखेको छ ।

अन्जान आज नेपालको पहिलो रोजाइमा खेलिरहेका छन् । प्रशिक्षक योहान कालिनले आज टोलीमा ३ जना खेलाडी परिवर्तन गर्दा अन्जानलाई पहिलो रोजाइमा राखेका थिए ।

प्रकाशित मिति September 10, 2019
Loading...