युरो कप छनौटमा आज सात खेल : तीन ठूला टोलीका खेल हुँदै

काठमाडौं, भदौ २४
सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलमा आज पाँचौं र छैटौं राउन्डका अन्तिम ७ खेल हुँदैछन् । आज यी खेल सकिएपछि पुनः एक महिनाका लागि अन्तर्राष्ट्रिय खेलहरू विश्राम भएर क्लब फुटबल सुरु हुनेछ ।

आज हुने खेलहरूमा आइसल्यान्ड, इंग्ल्यान्ड, फ्रान्स, पोर्चुगल, सर्बियाका खेल हेर्नलागयक हुनेछन् । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानल तथा सोनी लिभ वेबसाइट तथा सोनी लिभ मोबाइल एपबाट पनि हेर्न सकिन्छ । आज रातिका सम्पूर्ण खेलहरू एकै समय १२ः३० बजेबाट सुरु हुनेछन् ।

  1. अल्बानिया सर्भेस आइसल्यान्ड
  2. इंग्ल्यान्ड भर्सेस कोसोभो
  3. फ्रान्स भर्सेस एन्डोरा
  4. माल्डोभा भर्सेस टर्की
  5. लिथुनिया भर्सेस पोर्चुगल
  6. लक्जेमबर्ग भर्सेस सर्बिया
  7. मोन्टेनेग्रो भर्सेस चेक रिपब्लिक

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०९:५७
Loading...