ताजकिस्तानलाई हराउँदै नेपाल फाइनलमा : सावित्राको निर्णायक गोल

काठमाडौं, भदौ २४
नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबलको फाइल पुगेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानमाथि १–० को साँघुरो जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

आज किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाललाई ताजकिस्तानविरुद्ध जित दिलाउन फरवार्ड सावित्रा भण्डारीको एक मात्रै गोल निर्णायकक बन्यो । यो जितसँगै नेपाले लिग चरणमा दोस्रो बन्दै फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाललाई जिताउन १ मात्रै विजयी गोल खेलको ८६औं मिनेटमा सावित्राले हेडिङमार्फत् गरेकी थिइन् । पहिलो हाफमा गोलका लागि कडा संघर्ष गरेको नेपाल दोस्रो हाफको अन्तिम समयमा गोल गर्न सफल भयो र खेल पनि जित्यो ।

नेपाल यसअघि उज्बेकिस्तानसँग २–० ले पराजित हुँदा पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको थियो । अब फाइनलमा नेपाललाई यसअघि उज्बेकिस्तानसँग भोगेको हारको बदला लिने मौका छ ।

प्रकाशित मिति September 10, 2019
Loading...