मेस्सीले समर्थकहरूलाई दिए धन्यवाद

एजेन्सी, भदौ २४
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् । गत राति ‘द बेस्ट इन्टरनेसनल फुटबलर अफ् द इयर अवार्ड इसपाइस–२०१९’ जितेपछि उनले आफूलाई भाट दिएर अवार्ड जिताउन भोटर तथा समथर्कहरूलाई धन्यवाद दिएका हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा अवार्डसहितको एक तस्बिर पोस्ट गर्दै मेस्सीले लेखेका छन्– ‘तपाईंहरू सबैलाई धेरै–धेरै धन्यवाद जसले मलाई द बेस्ट इन्टरनेसनल फुटबलर अफ् द इसपाई अवार्ड–२०१९’ जिताउन आफ्नो भोट दिनुभयो ।’

यो अवार्ड अमेरिकी सञ्चार संस्था ‘इएसपिएन’ले दिने गर्छ । यसवर्ष सो अवार्डका लागि मेस्सीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे र नेदरल्यान्ड्सका भर्जिल भान डाइक शीर्ष चारमा परेका थिए । अनलाइन भोटिङका आधारमा विजेता घोषणा गरिने प्रावधान रहेकोमा फुटबल समर्थकहरूले सो अवार्डका लागि मेस्सीलाई सर्वाधिक मत दिएर जिताएका हुन् । गत सिजन मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउनेक्रममा सबैखाले प्रतियोगितामा कूल ५१ गोल गरेका थिए ।

प्रकाशित मिति September 10, 2019
Loading...