रोनाल्डो र भान डाइकलाई पछि पार्दै मेस्सीले जिते वर्ष खेलाडीको अवार्ड

एजेन्सी, भदौ २४
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले अर्को अवार्ड जितेका छन् । उनले ‘इएसपिएसवाई –२०१९’ को अवार्ड जितेका हुन् । यो अवार्ड ‘बेस्ट इन्टरनेसनल फुटबल अफ् द इयर अवार्ड’का नामले परिचित छ ।

मेस्सीले आफ्ना खास प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, नेदल्यान्ड्सका भर्जिल भान डाइक र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

वर्ष २०१९ मा गरेको प्रदर्शनका आधारमा मेस्सीले सो अवार्ड जितेका हुन् । यो अवार्ड अमेरिकाको सञ्चार संस्था ‘इएसपिएन’ले स्थापना गरेको हो । यस अवार्डका लागि अन्तिम मनोनयनमा ४ जनाको नाम प्रकाशित गरेर अनलाइन भोटिङ खुला गरिएको थियो, जसमा फुटबल समर्थकहरूले मेस्सीलाई रोजे ।

गत सिजन मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । उनले सिजनभर कूल ५१ गोल गरेका थिए भने युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

प्रकाशित मिति September 10, 2019
Loading...