३४ वर्षका रोनाल्डो ‘फास्ट फुटबलर’को सूचीमा दोस्रो नम्बरमा

एजेन्सी, असार २३
हाल ३४ वर्ष पुगेका इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो गत सिजनभन्दा यो सिजन झन् फिट देखिएका छन् । एक तथ्यांकले यो कुरा देखाएको छ । युभेन्टसमा दोस्रो सिजन बिताइरहेका उनी सिजन २०१९–२० को सुरुआती तथ्यांकलाई हेर्दा ‘सबैभन्दा द्रुत गतिका फुटबलर’को सूचीमा दोस्रो नम्बरमा छन् । यो इटालियन लिग ‘सिरी ए’को मात्रै तथ्यांक हो ।

यस सिजन उनले मैदानमा बिताएको समय र उनको खेलको गतिलाई हेर्दा उनी प्रतिघन्टा ३४.६२ किलोमिटरको गतिमा मैदानमा दौडिएका छन् । उनको उमेरअनुसार यो ‘अस्वभाविक गति’ रहेको रिपोर्टमा उल्लेख छ । सो रिपोर्टले रोनाल्डो ३४ वर्षको उमेरमा पनि ‘२० वर्षको युवाजस्तै दौडिरहेको’ उल्लेख गरेको छ ।

सो सूचीको पहिलो नम्बरमा भने विगतमा रोमाबाट खेलेका तथा हाल नापोलीमा अनुबन्ध भएका ग्रीसका कोस्टास मोनालास छन् । २८ वर्षीय उनको गति प्रतिघन्टा ३५.४१ किलोमिटर छ । उनी रोनाल्डोभन्दा तीब्र गतिका खेलाडी रहेको तथ्यांकले देखाउँछ ।

तेस्रो नम्बरमा इटालीकै खेलाडी सिमोन जाजा रहेका छन् । २८ वर्षीय यी फरवार्डको गति प्रतिघन्टा ३४.५६ किलोमिटर छ । उनी टोरिनोबाट खेल्छन् ।

त्यसैगरी, तेस्रो नम्बरमा रोमाका डिफेन्डर जियानलुका म्यानचिनी छन् । २३ वर्षीय उनको गतिप्रतिघन्टा ३४.४६ किलोमिटर रहेको छ । पाँचौंमा एट्लान्टका डिफेन्डर बेर्नाट जिमसिटी रहेका छन् । २६ वर्षीय उनको गति प्रतिघन्टा ३४.१३ किलोमिटर रहेको छ ।

प्रकाशित मिति September 9, 2019
Loading...